क्यानडाले पनि अनुमति दियो फाइजरको कोरोना भ्याक्सिनलाई

फाइजर तथा बायोनटेक कम्पनीले बनाएको कोरोनाभाइरस भ्याक्सिनलाई अब क्यानडाले पनि अनुमति दिएको छ । क्यानडाको स्वास्थ्य नियमन बोर्डले अनुमति दिएपछि क्यानडामा पनि यो भ्याक्सिन प्रयोगमा ल्याइने भएको छ ।

यसअघि बेलायत र बहराइनले यो भ्याक्सिनका लागि अनुमति दिइसकेका छन् । अहिले बेलायतमा त धमाधम यो भ्याक्सिन लगाउन थालिएको छ ।

क्यानडाले अब यो महिना नै यो भ्याक्सिनको २ लाख ४९ हजार डोज पाउने भएको छ । एपी न्युज एजेन्सीका अनुसार क्यानडाले यो भ्याक्सिनको २ करोड डोजका लागि अर्डर पनि दिएको छ । 

यही साताको सुरुबाट नै बेलायतमा यो भ्याक्सिन सुरु भइसकेको छ ।

अमेरिकी नियमन बोर्डले पनि यो भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी भएको बताइसकेको छ । अमेरिकाले यो भ्याक्सिनबारे औपचारिक निर्णय बिहीबार गर्दैछ । 





  • प्रकाशित मिति : मंसिर २५, २०७७ बिहीबार ०:५२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया