बन्दुकको नालबाट निक्लेका छर्राले अब कुनै क्रान्ति हुँदैन, क्रान्ति हुन विचारको लडाइँ चाहिन्छ : प्रदीप पाैडेल

नेपाली कांग्रेसका प्रभावशाली युवा नेता प्रदीप पौडेलले क्रान्ति हुन विचारको लडाइँ चाहिने बताएका छन् । 

मोरङमा विप्लव नेकपाले शिक्षक हत्या गरेको सन्दर्भलाई जोड्दै बिहीबार पौडेलले ट्विटरमा लेखेका छन्– समाजमा न्याय सिकाउने एउटा शिक्षक दिन दहाडै मारिन्छ । मार्नेहरु हत्या गरेर बहादुरी देखाउँछन् । क्रान्ति पो भयो भन्छन् । 

हिजो हजारौँ निर्दोषको ज्यान  लिएर आज सत्तासीनहरुलाई हेर्न आग्रह गर्दै पौडेलले प्रश्न गरेका छन्– के यही हो क्रान्ति ? 

बन्दुकको नालबाट निक्लेका छर्राले अब कुनै क्रान्ति नहुने उल्लेख गर्दै पौडेलले क्रान्ति हुन विचारको लडाइँ चाहिने बताएका हुन् ।





  • प्रकाशित मिति : मंसिर २५, २०७७ बिहीबार २०:५२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया