के राष्ट्रपति पदबाट हटेपछि जेल जाँदै छन् ट्रम्प ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल अब सकिनै लागेको छ । उनको कार्यकाल २० जनवरीसम्म मात्र हो ।

अमेरिकी निर्वाचनको नतिजा आइसक्दा पनि उनले हार त स्वीकार गरेका छैनन् तर उनी जसरी पनि ह्वाइट हाउसबाट बाहिरिनु चाहिँ पर्छ । ह्वाइटहाउसबाट उनी बाहिरिनु पर्ने बाध्यता पनि नभएको होइन । 

उनी अब २० जनवरीमा ह्वाइटहाउसबाट बाहिरिनु पर्ने छ ।

तर, जब उनले २० जनवरीमा राष्ट्रपति पदबाट बाहिरिन्छिन्, उनी के जेल जालान् ? अहिले अमेरिकी मिडियामा यस विषयमा व्यापक चर्चा चल्न थालेको छ ।

यसको कारण के भने अहिले अमेरिकी राष्ट्रपतिका रुपमा उनी शक्तिशाली छन्, कतिपय कानुन उनलाई अहिले नलाग्न पनि सक्छ । तर, अब उनी राष्ट्रपति पदबाट बाहिरिए पछि यसअघि लागेका आरोपहरुमाथि छानबिन हुन सक्छ । कर छलीको आरोपमा पनि उनीमाथि छानबिन हुनसक्ने अनुमान गरिएका छन् । 

तर, अहिलेसम्म कसैले पनि उनी जेल नै जान्छन् भनेर ठोकुवा चाहिँ गरेका छैनन् । निश्चित के हो भने उनी राष्ट्रपति पदबाट हटेपछि केही कमजोर चाहिँ पक्कै हुनेछन् ।





  • प्रकाशित मिति : मंसिर २६, २०७७ शुक्रबार ८:३०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया