अमेरिकामा पनि फाइजरको कोरोनाविरुद्धको भ्याक्सिनलाई अनुमति

अमेरिकामा पनि अब फाइजर–बायोनटेकले बनाएको कोरोनाभाइरसविरुद्धको भ्याक्सिनलाई अनुमति दिने भइएको छ । त्यहाँको एफडिएलाई सुझाव दिने समूहका २३ सदस्य भेट पछि त्यहाँ यो निर्णय गरिएको हो । 

यो प्यानलको त्यहाँ छलफल भएको र उनीहरुले एफडिएलाई तत्काल फाइजरको भ्याक्सिनलाई अनुमति दिन बताएको बताइएको छ ।

फाइजरको यो भ्याक्सिनलाई यसअघि बेलायत, क्यानडा, बहराइन र साउदी अरेबियामा अनुमति दिइसकिएको छ ।

तर, अहिलेसम्म अमेरिकाका एफडिएका प्रमुखले यसलाई अनुमति दिइसकेका छन् । यसअघि अमेरिकामा एकै दिनमा अहिलेसम्मकै धेरै ३ हजारको कोरोनाका कारण निधन भएपछि यो अनुमति दिन लागिएको हो ।

कोरोनाका कारण विश्वभर एकै दिन सबैभन्दा धेरै मृत्यु भएको अमेरिकामा यो पहिलो पटक हो । 

फाइजरले चाहिँ अहिले सुरुवाती चरणमा अमेरिकामा ६४ लाख भ्याक्सिनको डोज दिन सक्ने बताएको छ । यसले ३० लाखभन्दा बढी अमेरिकीलाई कोरोनाको भयबाट बचाउने अनुमान गरिएको छ ।





  • प्रकाशित मिति : मंसिर २६, २०७७ शुक्रबार ८:४०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया