अमेरिकामा फेसबुक विरुद्ध मुद्दा, बेच्ला त इन्स्टाग्राम र ह्वाट्स एप ?

अमेरिकामा घरेलु बहुराष्ट्रिय प्रविधि कम्पनी फेसबुकलाई टुक्‌र्याउने माग राख्दै मुद्दा दर्ता भएको छ । अमेरिकी संघीय नियामक र ४५ भन्दा धेरै राज्यका अभियोजनकर्ताले हालै संघीय जिल्ला अदालतमा कम्पनीविरुद्ध दुई वटा मुद्दा दायर गरेका हुन् । 

कम्पनीले गैरकानुनी तथा प्रतिस्पर्धा विरोधी गतिविधिमा संलग्न हुँदै आफ्नो प्रतिस्पर्धीलाई किन्ने, होच्याउने र मार्ने गरेको भन्दै अभियोजनकर्ताले फेसबुकलाई टुक्‌र्याउन खोजेका छन् । फेसबुकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मार्क जुकरबर्गको नेतृत्वमा फेसबुकले वर्षौंदेखि गैरकानुनी एकाधिकार देखाएको मुद्दामा आरोप लगाइएको छ । 

मुद्दामा फेसबुकको फोटो सेयरिङ टुल इन्स्टाग्राम र म्यासेजिङ सर्भिस ह्वाट्स एप खरिदलाई चुनौती दिइएको छ । यी दुई सम्झौताले फेसबुकलाई डिजिटल बजारमा शक्तिशाली प्रतिद्वन्द्वीलाई पाखा लगाउन मद्दत गरेको अनुसन्धाताले बताएका छन् । 

यो मुद्दा फेसबुकको १६ वर्षे इतिहासमा सर्वाधिक ठूलो राजनीतिक र कानुनी चुनौती बनेर उभिएको छ । यसले अमेरिकी नियामक र सिलिकन भ्यालीका सबैभन्दा धेरै मुनाफामूलक कम्पनीबीच सुल्झिन वर्षौं लाग्ने कलह शुरू गरेको छ । 

इन्स्टाग्राम र ह्वाट्स एप बेच्न फेसबुकलाई बाध्य बनाउन समेत प्रतिस्पर्धा विरोधी गतिविधि हेर्ने नियामकले अदालतलाई आग्रह गरेका छन् ।





  • प्रकाशित मिति : मंसिर २६, २०७७ शुक्रबार १४:०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया