सर्वाधिक डाउनलोड हुने एप बन्यो टिकटक

सन् २०२० मा विश्वभर  सबैभन्दा धेरै डाउनलोड गरिएको एपमा भिडियो सेयरिङ एप टिकटक अग्रस्थानमा छ । हालै एनालिटिक्स फर्म एप एनीले मोबाइल एप ट्रेन्डमा २०२० को वार्षिक रिपोर्ट निकालेको छ । 

यसअघि फेसबुक उक नंम्बरमा पर्ने गरेको थियो  । एप एनीको रिपोर्ट अनुसार टिकटकले अर्को वर्ष १ बिलियन मासिक सक्रिय प्रयोगकर्ता पाउने अनुमान गरिएको छ । 
दोस्रो स्थानमा फेसबुक रहेको छ भने फेसबुककै अन्य एप तेस्रो र पाँचौँ स्थानमा छन् । तेस्रोमा ह्वाट्स एप, पाँचौँमा इन्स्टाग्राम रहेको विवरणमा उल्लेख छ । 

कोरोना माहामारीले चिनाएको जुम भने चौथो स्थानमा छ  । यो डेटा एन्ड्रोइड र आईओएसको मिलाएर तयार पारिएको हो । धेरै डाउनलोड गरिएको एपमा छैटौंदेखि १० औं सम्म क्रमशः मेसेन्जर, गुगल मिट, स्नापच्याट, टेलिग्राम र लाइक रहेको विवरणमा उल्लेख छ । 





  • प्रकाशित मिति : मंसिर २६, २०७७ शुक्रबार १५:२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया