कसरी काम गर्छ हाम्रो मिर्गौलाले ? कसरी बचाउने ? डा. ऋषिकुमार काफ्लेको विचार

मिर्गौलाले पिसाब बनाउने काम गर्छ । तर, पिसाबमा जाने फोहोर फाल्नका लागि मिर्गौलाका लागि निकै महत्वपूर्ण हुन्छ । मिर्गौलामा कम्तिमा पनि १० लाख नेफ्रोन भइरहेका हुन्छन् । कम तौल भएर जन्मिएका बच्चाहरुमा कहिलेकाहीँ नेफ्रोन कम हुनसक्छन् ।

हाम्रो रगतमा भएको फोहोरलाई शुद्धिकरण गर्ने काम मिर्गौलाले गर्छ ।

लाखौँ नेफ्रोनहरुले यसको काम गरेका हुन्छन् । यदि दुई तीन लिटर पिसाब दैनिक हामीले फेर्ने हो भने हजारौँ लिटर सोस्ने काम मिर्गौलाले गर्छ । मिर्गौलाले रगतलाई सफा बनाएर पठाइन्छ । त्यसैले मिर्गौलाका कारण रक्तचापको पनि नियमन हुनसक्छ । 

रगत लैजाने नलीबाट मिर्गौलामा केही पुगेको छ भने त्यसले ठिक गर्छ । मिर्गौलाले यसरी रगतलाई सफा पार्ने मात्र होइन, हाम्रो रक्तचाप पनि नियन्त्रण गर्ने काम गर्छ । 

त्यसैले, कम उमेरमा उच्च रक्तचाप हो भने हामीले मिर्गौलालाई जाँच गर्नुपर्छ । किनकि त्यो मिर्गौलामा भएको समस्याका कारण पनि हुनसक्छ ।

याे पनि पढ्नुहाेस्:



मिर्गौला कसरी बचाउने ? डा. ऋषिकुमार काफ्लेका सुझाव (भिडियोसहित)

कसैले प्रशस्त नुन खायो भन्ने मिर्गौलाले थाहा पाएर पिसाबमा नुन फाल्ने गर्छ । अनि केही दिन हामीले नुन नै खाएनौँ भने पनि त्यसलाई मिर्गौलाले पिसाबमा नुन फाल्न कम गर्छ । अनि शरीरमा भएको नुन परिचालन गरेर हाम्रो शरीरलाई नियन्त्रणमा राख्न पनि मिर्गौलाले सहयोग गर्छ । 



मिर्गौलासम्बन्धी रोग र यसलाई कसरी बचाउने भन्ने विषयमा नेपालका वरिष्ठ मिर्गौला रोेग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले प्रत्येक बिहीबार फरकधारको द हेल्थ हबमा आफ्नो विचार राखिरहेका छन् । 

तपाईंलाई मिर्गौलाबारे केही जान्न मन छ ? आफ्नो प्रश्न हाम्रो फेसबुक र युट्युबमा राख्नुहोला । मिर्गौलाको कामबारे यो भिडियो हेर्नुहोस्ः

 

  • प्रकाशित मिति : मंसिर २७, २०७७ शनिबार ११:३०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया