बाइडेनको जित अस्वीकार गर्ने मुद्दा अमेरिकाको सर्वोच्चद्वारा खारेज

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय निर्वाचनको मत परिणामलाई अस्वीकार गर्दै दायर गरेको मुद्दा खारेज भएको छ । अमेरिकाको सर्वोच्च अदालतले मुद्दाहरूमा पर्याप्त प्रमाण र आधारहरू नभएको भन्दै शुक्रबार ती मुद्दा खारेज गरिदिएको हो ।

प्रमुख चार प्रतिस्पर्धात्मक राज्यहरूको चुनावी नतिजा खारेज गर्न उनले गरेको मागलाई अदालतले अस्वीकार गरिदिएको छ । जर्जिया, मिसिगन, पेन्सिल्भानिया र विस्कन्सिन राज्यको नतिजालाई अमान्य घोषणा गर्न यसै साता मुद्दा दायर गरिएको थियो ।

अदालतको यो आदेशले राष्ट्रपति ट्रम्पलाई फेरि अर्को धक्का दिएको छ । उनले गत नोभेम्बर ३ तारिखका दिन भएको निर्वाचनमा धाँधली भएको दाबी गर्दै आएका थिए । त्यसप्रति असन्तुष्टि जनाउँदै उनले विभिन्न राज्यका अदालतहरूमा मुद्दा दायर गरेका थिए । ती अदालतहरूले पनि ट्रम्पको मागलाई अस्वीकार गर्दै आएकोमा सर्वोच्च अदालतले पनि त्यसैसँग मिल्ने निर्णय गरेको हो । 

प्रतिस्पर्धी जो बाइडेनले निर्वाचनमा जित हासिल गर्ने संकेत देखिए लगत्तै उनले नतिजा अस्वीकार गर्ने संकेत गरेका थिए । सबै अदालतले उनको मागलाई अस्वीकार गरेपछि पद हस्तान्तरण गर्नुको विकल्प उनीसँग छैन । उनले आगामी जनवरी २० तारिखका दिन राष्ट्रपतिमा नवनिर्वाचित वाइडेनलाई पद हस्तान्तरण गर्नु पर्नेछ ।





  • प्रकाशित मिति : मंसिर २७, २०७७ शनिबार १५:४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया