सरकार अधिनायकवादी बाटोमा हिँडेको निष्कर्षका साथ नेपाली कांग्रेसले आगामी २९ गतेका लागि देश्व्यापी विरोधसभाको आयोजना गरेको छ । सोही दिनकोे एक दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक डाकेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सो बैठक बहिष्कार गर्ने भएका छन् ।
कांग्रेसले २९ गतेका लागि आन्दोलनको तयारी गरिरहेको जानकारी दिँदै आफ्ना पार्टी सभापति सो बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले आफूहरुले आन्दोलनको घोषणा गरिसकेको अवस्थामा संवैधानिक परिषदको बैठक तय गरिनु जायज नभएको बताएका छन् ।
सत्तारुढ दल नेकपाको स्थायी समितिको बैठक पनि २८ गतेका लागि तय गरिएको छ । कांग्रेसको आन्दोलन र नेकपाकै बैठकका बीच परिषदको बैठक बोलाइनुमा गलत नियत देखिएको कांग्रेसका प्रवक्ता शर्माको आरोप छ ।
संवैधानिक परिषदको बैठकमा विपक्षी दलको नेता अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था छ । त्यसैले देउवाको अनुपस्थितिमा सो बैठकको औचित्य नहुने देखिन्छ ।
आफ्नै पार्टीभित्र घेराबन्दीमा परेका वेला राखिएको स्थायी समिति बैठक छल्ने उद्देश्यले संवैधानिक परिषदको बैठक राखिएको आकलन राजनीतिक वृत्तमा गरिएको छ ।
नेपाली कांग्रेसको पुर्व घोषित कार्यक्रमलाई असर पर्ने या पार्ने ढंगले घरेलुु या बाह्य कुनैपनी भेला,छलफल या बैठक,हाम्रो प्राथमिकतामा रहन्न !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) December 12, 2020
मंसिर २९ मा, जुट्ने छौं हामी सडकमा, सर्वसत्तावादको विरुद्धमा !#जागौं_जनता_जय_नेपाल ! pic.twitter.com/jin1CwADp6
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।