काठमाडौँमा उखु किसानको प्रदर्शन

उखुको भुक्तानी नपाएको भन्दै संघीय राजधानी काठमाडौं आएका सर्लाहीका किसान प्रदर्शनमा उत्रिएका छन् । उखु किसानले आइतबार बिहान काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । 

चिनी मिललाई आफूले बेचेको उखुको भुक्तानी नपाएको भन्दै किसान आन्दोलन गर्न काठमाडौं आइ पुगेका  हुन् । 

गत वर्ष पनि तराईका विभिन्न जिल्लाबाट काठमाडौ .आई किसानहरु आन्दोलनमा उत्रिएका थिए । गतवर्ष पुष १८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक महिनाभित्रै भुक्तानी दिलाइदिने भनेर किसानहरुसँग सहमति गरेको थियो । तर सरकारको प्रतिवद्धता अनुसार भुक्तानी नपाएपछि उखु किसान मारमा परेका हुन् । सरकारी आँकडा अनुसार अझै मिलसँग किसानले  ५२ करोड भन्दा धेरै लिन बाँकी छ । 





  • प्रकाशित मिति : मंसिर २८, २०७७ आइतबार १२:४७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया