भोटेकोशीको  बन्जी जम्प सञ्चालनमा

कोरोना भाइरसका कारण चैतदेखि बन्द रहेको भोटेकोशीको बन्जी​ जम्प नौ महिनापछि पुनः सञ्चालनमा आएको छ ।     

स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सञ्चालनमा ल्याइएको बन्जी जम्पमा हाल दैनिक चारदेखि १५ जनासम्मले बन्जी​ गर्ने दी लास्ट रिसोर्ट एडभेन्चर प्रालिका व्यवस्थापक कुमार राउतले बताए । 

विसं २०५६ देखि सञ्चालित १६० मिटरको उक्त बन्जी​ जम्प रोमाञ्चकका दृष्टिकोणले उत्कृष्ट मानिन्छ । देशमा बन्दाबन्दी लागू हुनुअघि स्वदेशी र विदेशीसहित दैनिक सय जनासम्म आउने गरेकामा भर्खरमात्र सञ्चालनमा आएकाले क्रमशः पर्यटक बढ्ने अपेक्षा गरिएको व्यवस्थापक राउतले जनाए ।     

बन्जी​का लागि युवायुवती बढी आकर्षित हुने र प्रहरी अधिकृत तालिममा सहभागीलाई पनि अनिवार्य रुपमा समावेश गरिएको बताइएको छ । बन्जी​का लागि स्वदेशीलाई ६ हजार  विदेशीलाई ९ हजार २ सय रुपैयाँ शुल्क लिने गरिएको छ । बन्जी​का साथै रोमाञ्चक सुइङ पनि सञ्चालनमा आएको छ ।

चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी निरन्तर रुपमा सञ्चालनमा आए तिब्बतको मानसरोवर जाने भारतीय तीर्थ यात्री नाका हुँदै जाने भएकाले बाह्य र आन्तरिक पर्यटकको संख्यामा वृद्धि हुने प्रचुर सम्भावना रहेको छ । 
  





  • प्रकाशित मिति : मंसिर २८, २०७७ आइतबार १३:२७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया