ट्वीटरले ल्यायो स्नापच्याटमा ट्वीट सेयर गर्ने सुविधा

ट्वीटरले आफ्नो मोबाइल एपमा नयाँ फिचर ल्याएको छ । नयाँ फिचर अनुसार अब ट्वीटर प्रयोगकर्ताले आफ्नो ट्वीट स्नापच्याटमा समेत सेयर गर्न सक्ने भएका छन् । 

दुवै कम्पनीले आफ्नो साइटमा इन्गेज्मेन्ट बढाउन पछिल्लो पटक क्रस मिडिया इन्गेज्मेन्टको अभ्यास गरेका हुन् । यससँगै अब आईओएस प्लेटफर्मका प्रयोगकर्ताहरूले पनि स्टोरीमा ट्वीट पोस्ट गर्न वा व्यक्तिगत म्यासेजका रूपमा स्नापच्याटमा पठाउन सक्नेछन् ।

यसका लागि ट्वीटरको सेयर आइकनमा त्यस किसिमको अप्सन पाउन सकिनेछ । कम्पनीले एन्ड्रोइड प्रयोगकर्ताका लागि समेत यस किसिमको फिचर रोल आउट गर्ने योजना बनाएको छ ।

ट्वीटरले आईओएस प्रयोगकर्ताका लागि इन्स्टाग्राममा समेत यस्तै किसिमका स्टोरी फिचर पोस्ट गर्न मिल्ने गरी काम भइरहेको बताएको छ । 





  • प्रकाशित मिति : मंसिर २८, २०७७ आइतबार १४:३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया