कोरोना महामारीका कारण ९ महिनादेखि बन्द रहेको मनकामना केबलकार आइतबारदेखि संचालनमा आएको छ । मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा सम्पन्न बैठकले बजार, मन्दिर र केबलकारको संयुक्त निर्णय अनुसार केबलकार संचालनमा आएको हो ।
विहान ९ बजेदेखि संचालनमा ल्याइएको केबलकारमा १ घण्टाकै अवधिमा १ हजार जनाले चढेको मनकामना केबलकार व्यवस्थापनले जनाएको छ ।
केबलकार पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालनमा ल्याइएको छ, जसअन्तर्गत केबलकारको दुबै स्टेशनमा ज्वरो मापन, मास्क अनिवार्य, लाइनमा बस्दा भौतिक दुरी, हात धुने व्यवस्थासमेत मिलाइएको छ ।
कोरोना पछि खुलेको केबलकार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म मात्र संचालनमा ल्याइने बताइएको छ ।
शनिबारको दिन दर्शनार्थीको चाप बढी भएमा विहान ८ बजेदेखि नै संचालनमा ल्याइने बताइएको छ । हाललाई बली दिने पशु ढुवानीको व्यवस्था भने बन्द गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।