करिब ४७ अंक परिसूचक बढ्दा कारोबार रकम पनि सुधारियो

गतसाता निरन्तर ओरालो लागेर अन्तिम दिन केही समालिएको  नेप्से यो साताको पहिलो कारोबार दिन ४६ दशमलव ४३ अंकले बढेको छ । आइतबार १९७३ दशमलव ७६ विन्दुमा खुलेको बजार १ .९६७ दशमलव ४५ विन्दुसम्म पुगे पनि अन्त्यमा २०१० दशमलव ४५ विन्दुमा बन्द भयो ।

बिहीवार ८ दशमलव २७ अंक बढेको बजारले आइतवार पनि निरन्तरता पाएको हो । यो दिन ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव शून्य ९ अंक बढेर ३८२ दशमलव ११ विन्दुमा पुगेको छ ।

बिहीबारको तुलनामा आइतवार कारोबार रकम पनि बढेको छ । बिहीवार ४ अर्ब १४ करोड ६३ लाखको कारोबार भएको थियो भने आइतवार ४ अर्ब ८९ करोड ९४ लाख ८४ हजारबराबरको कारोबार भएको छ । आज २०३ कम्पनीको ४३ हजार ५८४ पटकको व्यापारमा ९० लाख ५० हजार १६ कित्ता सेयर कारोबार भएको छ ।

आइतवार रकमका आधारमा सर्वाधिक कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स अगाडि छ । कम्पनीको रू. ६७ करोड १ लाख ७२ हजार बराबरको सेयर कारोबार भएको हो ।  रकमका आधारमा दोस्रोमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक रकमको कारोबार भएको छ । उक्त कम्पनीको आइतवार रू. ३५ करोड ९४ लाख ५६ हजार बराबरको सेयर कारोबार भएको छ । 

कारोबारमा आएका १२ समूहमध्ये व्यापारिक समूह १ दशमलव ५१ प्रतिशत, होटलको शून्य दशमलव २९ प्रतिशत र जलविद्युतको १ दशमलव ६३ प्रतिशत घटेको छ । आइतवार उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ५ दशमलव ९९ प्रतिशत बढेको छ ।

यस दिन जीवन बीमाको ४ दशमलव ३७ प्रतिशत, बैंकिङको ३ दशमलव १९ प्रतिशत, विकास बैंकको १ दशमलव ७२ प्रतिशत, वित्तको शून्य दशमलव ८२ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ८४ प्रतिशत, अन्यको शून्य दशमलव ९२ प्रतिशत, लघुवित्तको १ दशमलव ८६ प्रतिशत र म्यचुअल फण्डको १ दशमलव शून्य १ प्रतिशत परिसूचक बढेको छ ।



आइतवार महुली सामुदायिक लघुवित्त, साधना लघुवित्त, नारायणी डेभलपमेण्ट बैंक र हिमालयन डेभलपमेण्ट बैंकको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

आज सर्वाधिक गुमाउनेमा भने अपर तामाकोशीका लगानीकर्ता रहेका छन् , कम्पनीको सेयरमूल्य ४ दशमलव ८४ प्रतिशत घटेर अन्तिम मूल्य ४५२ रुपैयाँ पुगेको हो । 



  • प्रकाशित मिति : मंसिर २८, २०७७ आइतबार १६:३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया