देशभरका होमस्टे खोल्ने निर्णय
फाइल फोटो

होमस्टे एशोसिएशन नेपालले देशभरका होमस्टे खोल्ने निर्णय गरेको छ । चितवनमा सम्पन्न एशोसिएसनका बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै होमस्टे खोल्ने निर्णय गरेको हो । 

कोरोना महामारीका कारण करिब ९ महिनादेखि देशभरका होमस्टे बन्द छन् । केही स्थानका होमस्टे भने दशैँपछि खुलेका छन् । होटल, रेष्टुरेन्टलगायतका व्यवसाय खोलेकाले होमस्टे पनि सञ्चालन गर्ने निर्णय भएको एशोसिएसनले जनाएको छ । 

सरकारले पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्न अनुमति दिइसकेको छ ।
 





  • प्रकाशित मिति : मंसिर २८, २०७७ आइतबार १६:४५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया