नेपालमा कोरोना खोप भित्र्याउन के-के गरिरहेको छ स्वास्थ्य मन्त्रालय ?

विगत एक वर्ष देखि कोरोना भाइरस(कोभिड-१९) संक्रमणको महामारीले विश्वलाई ठूलो सास्ती दिएको छ। पछिल्ला दिनमा विभिन्न देशमा कोरोना खोप विकास भएको र आम रुपमा यसको प्रयोग पनि हुन थालेको खबरले संसारलाई केही राहत मिलेको छ। 

कोरोना संक्रमणबाट निकै प्रभावित भएको नेपालमा पनि कोरोना खोप आउने चर्चा चलिरहेको छ। सरकारले कोरोना खोप बन्ने वित्तिकै र आम रुपमा यसको प्रयोगका लागि अनुमति पाउने वित्तिकै नेपाल ल्याउने जानकारी दिइरहेको छ। सबै नेपालीलाई कोरोना खोप उपलब्ध गराउने आश्वासन दिइएको छ । 

नेपालमा कोरोना खोप भित्र्याउने बारे कस्ता प्रक्रिया अगाडि बढेका छन् त ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यसबारे केही जानकारी दिएका छन्। 

 १४ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाको कुनै खोप नबनेकाले त्यस उमेर समूहका कसैलाई पनि खोप उपलब्ध नहुने गौतमले बताए।  नेपालमा १४ वर्षसम्मका बालबालिकाको संख्या २८ प्रतिशत रहेको र बाँकी ७२ प्रतिशत सबै नेपालीलाई कोरोनाको खोप उपलब्ध गराउने तयारी स्वास्थ्य मन्त्रालयले गरिरहेको गौतमको भनाइ छ। 

यसमध्ये २० प्रतिशत खोप कोभ्याक्स सुविधामार्फत प्राप्त हुने जानकारी दिइएको छ। 

अन्यका लागि  खोप ल्याउन खोप सल्लाहकार समितको सल्लाहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कामलाई अगाडि बढाइरहेको प्रवक्ता गौतमले जानकारी दिए। 



हाल विकासक्रममा रहेका खोप मध्येबाट गुणस्तरयुक्त, लागत कम लागत भएको पूर्वाधारमैत्री  खोप नेपालको विद्यमान कानुन अनुरुप भित्र्याउने तयारी भएको गौतमले बताए। 

प्रवक्ता गौतमका अनुसार अहिले स्वास्थ्य मन्त्रालयमा खोप विज्ञ समिति, ८ वटा प्राविधिक समितिले कोरोना भित्र्याउन गृहकार्य गरिरहेको छ। 



यसका अलवा खोप व्यवस्थापन, खोप सञ्चालन एवम् खोप सम्बन्धि सञ्चार र  सहभागिताका लागि आवश्यक कार्यहरु मन्त्रालयले अघि बढाएको गौतमले जानकारी दिए। 

  • प्रकाशित मिति : मंसिर २८, २०७७ आइतबार १७:७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया