सरकारलाई असफल बनाउन खोज्ने तत्त्वले आर्थिक विकास रोके : मन्त्री गुरुङ

सरकारलाई असफल बनाउने प्रयास भइरहेकाले देशमा आर्थिक क्रान्ति सुरु हुन नसकेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताएका छन् ।  

नेपाल हस्तकला महासंघको ४८ औं वार्षिकोत्सव एवं नवौं हस्तकला दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले राजनीतिक स्थिरता कायम भएपछिको सरकारलाई पनि असफल बनाउने प्रयास हुँदा देशमा आर्थिक क्रान्तिको थालनी हुन नसकेको बताए । 

सरकारलाई असफल बनाएर नेपालमा बहुमतको सरकार टिक्न सक्दैन भन्ने म्यासेज दिन खोजिएको उनको भनाइ थियो । राजनीतिक पार्टी र नेताबीच देखिएको असन्तुष्टिले पुनः देशलाई असफल बनाउने दिशातर्फ धकेल्ने उनले बताए ।

देशमा कुनै एक पार्टीको सरकार टिकाउने वा नटिकाउने भन्दा पनि मुलुकलाई स्थिरता तथा समृद्धितिर लैजानका निम्ति वातावरण बन्नुपर्नेमा उनले जोड दिए । 

लगानीको उचित वातावरण बन्न नसक्दा उद्योग व्यवसाय प्रभावित बनेको मन्त्री गुरुङको भनाइ थियो । हस्तकला उद्योगका समस्या समाधान गर्न कस्तो कानुन आवश्यक पर्छ सम्बन्धित मन्त्रालयमार्फत सुझाव दिन पनि मन्त्री गुरुङले आग्रह गरे । 

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतीलाल दुगडले हस्तकला उद्यमीका समस्या समाधान गर्न मन्त्रालय तत्पर रहेको बताए । 



महासंघले मंसिर २९ र ३० गते पनि कला प्रदर्शनी तथा अन्य विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव तथा हस्तकला दिवस मनाउने बताएको छ ।  



  • प्रकाशित मिति : मंसिर २८, २०७७ आइतबार १७:३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया