प्रदेश सरकारको सहयोगमा धरानमा कोल्ड स्टोर

प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण भएको धरानस्थित कृषि उपज बजार स्थलको कोल्ड स्टोर (चिस्यान घर) सञ्चालनमा आएको छ । प्रदेश १ सरकारको ५० लाख र कृषि बजारको २५ लाख रुपैयाँ लागतमा उक्त चिस्यान घर निर्माण भएको हो । 

नेपालमा सरकार मातहत रहेका तरकारी बजारमध्ये पहिलो पटक धरानमा चिस्यान घर निर्माण भएको बताइएको छ । चिस्यान घरको क्षमता ७५ टनको रहेको छ । पहिलो चरणको ‘कोल्ड रुम’ उपयोगी र सफल भएपछि थप दुई चरणमा गरी ३ सय टन क्षमताको कोल्ड रुम बनाइने बताइएको छ । 

चिस्यान घर सञ्चालनमा आएपछि किसान र व्यापारी दुवैलाई लाभ हुने कृषि भट्टराईको भनाइ छ । तरकारी तथा फलफूल लिएर आएका किसानले तत्काल विक्री नहुँदा चिस्यान घरमा राख्न सक्नेछन् । यसले विगतमा जस्तो कृषि उपज कुहिएर खेर जाने जोखिम हट्ने कृषकको भनाइ छ ।

हाल परीक्षणका रूपमा चिस्यान घरमा १० टन स्याउ राखिएको छ । पाइलट प्रोजेक्टको रूपमा निर्माण भएको यो कोल्डरूम हेर्न अहिले विभिन्न ठाउँबाट बजार सञ्चालक समितिका मानिस धरान आउन थालेका छन् ।





  • प्रकाशित मिति : मंसिर २८, २०७७ आइतबार १७:५८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया