इलेक्ट्रिक टेम्पो नेपाली बजारमा

प्रतिष्ठित व्यावसायिक संस्था हिमालयन अर्गनाइजेसन अन्तर्गतको हिमालयन मोटोराड कम्पनीले नेपाली बजारमा नयाँ इलेक्ट्रिक अटोको बिक्री सुरु गरेको छ ।

कम्पनीले केरेला अटोमोबाइल्सले भारतमा निर्माण गरेको निम–जि इलेक्ट्रिक अटो नेपाली बजारमा ल्याई बिक्री सुरु गरेको हो । कम्पनीले देशभर आइतबारदेखि बिक्री सुरु गरेको छ । कम्पनीका अनुसार इलेक्ट्रिक अटोको सञ्चालन खर्च प्रति किलोमिटर ७५ पैसा रहेको छ ।

अटोमा जडान गरिएको ब्याट्रीमा तीन वर्ष वा १५ सय लाइफ सर्कलको वारेन्टी रहेको छ भने ३ घण्टा ५५ मिनेटमै फूलचार्ज गर्न सकिनेछ । उक्त अटोले ३० डिग्री सम्मको उकालो सजिलै चढ्न सक्ने र नेपालको बाटो सहाउँदो भएको बताइएको छ । टेम्पोले प्रति घण्टा ५० किलोमिटर यात्रा गर्न सक्नेछ । 





  • प्रकाशित मिति : मंसिर २८, २०७७ आइतबार १९:४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया