महानगरीय परिसर काठमाडौंले ३८ तोला सुनसहित पक्राउ परेका ५ जनालाई सार्वजनिक गरेको छ । काभ्रेपलाञ्चोकको पाँचखालबाट सो परिमाणको सुन चोरी गरेर भागेका उनीहरु ठमेलबाट पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–५ का देवराज दाहाल, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ घर भएर हाल काठमाडौं बस्ने २४ वर्षका रामचन्द्र चालिसे छन् ।
त्यसैगरी काभ्रेपलान्चोक धुलिखेल नगरपालिका–१ घर भई काठमाडौं बस्ने २३ वर्षका राम तामाङ, काभ्रे धुलिखेल नगरपालिका ७ घर बौद्ध बस्ने १८ वर्षका हुईबहादुर तामाङ र काभ्रे धुलिखेल नगरपालिका वडा नम्बर १ का १८ वर्षीय राजन तामाङ छन् ।
उनीहरु पाँचखालको एक घरबाट ३८ तोला सुन चोरी गरेर भागेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको परिसरका प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।