अमेरिकामा आजबाट दिइँदै छ कोरोनाविरुद्धको भ्याक्सिन, कति छ प्रभावकारी ?

अमेरिकामा फाइजर कम्पनीले बनाएको कोरोनाभाइरसविरुद्धको भ्याक्सिन प्रयोग गर्न आजबाट अनुमति दिइने भएको छ । त्यहाँ यो खोपको प्रयोग गर्न अनुमति मिलेसँगै यसलाई व्यापक रुपमा खोप दिइने बताइएको छ ।

कोरोनाभाइरस भ्याक्सिनको विषयमा जिम्मेवारी लिएका त्यहाँका अधिकारीहरुले यो साताको अन्त्यसम्म ३० लाख डोज कोरोनाभाइरस भ्याक्सिन सबै राज्यमा पुग्ने बताइएको छ । 

यो भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी भएको बताइएको छ ।

अमेरिकामा पछिल्ला दिनमा कोरोनाभाइरसका कारण हुने मृत्युको संख्या निकै बढ्न थालेको छ । शनिबार अमेरिकामा एकै दिनमा ३ हजार ३ सय ९ जनाले कोरोनाका कारण ज्यान गुमाएका थिए । जोन्स हप्किङ्स विश्वविद्यालयका अनुसार विश्वभर एकै दिनमा एउटा देशमा कोरोनाका कारण ज्यान गुमाउने संख्या यो नै सबैभन्दा धेरै हो । 

नोभेम्बर यता अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या निकै बढ्दै छ ।

अमेरिकामा सोमबारबाट यो भ्याक्सिन लगाउन थालिए पनि बेलायतमा यसअघि नै यो भ्याक्सिन लगाउन थालिइसकिएको थियो । 



अमेरिकी सरकारले सोमबार अमेरिकाका १ सय ४५ ठाउँमा यो भ्याक्सिन पुग्ने बताएको छ । 

विश्वमा कोरोनाभाइरसविरुद्ध बनिरहेका भ्याक्सिनमा फाइजरको भ्याक्सिन एउटा यस्तो भ्याक्सिन हो, जसले अन्तिम चरणको परीक्षणमा निकै राम्रो नतिजा देखाएको थियो । 



यो भ्याक्सिन दुई चरणमा लगाउनु पर्ने बताइएको छ । पहिलो भ्याक्सिन लगाएको २१ दिनमा फेरि यसको दोस्रो डोज लिनु पर्ने हुन्छ । पहिलो डोजको भ्याक्सिन लिएपछि यसले इम्युनिटी पावर बढाउने र दोस्रो डोजको भ्याक्सिनले सात दिनपछि काम गर्ने बताइएको छ ।

  • प्रकाशित मिति : मंसिर २९, २०७७ साेमबार २:३१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया