गुडिरहेको ट्याक्टर एक्कासी नहरमा खस्यो, चालकको मृत्यु

विराटनगरमा एक ट्याक्टर दुर्घटनामा परेको छ । विराटनगर महानगरपालिका– ४ इक्राहीस्थित सडकमा गुडिरहेको ट्याक्टर नहरमा खसेर दुर्घटना भएको हो ।  दुर्घटनामा परी चालकको मृत्यु भएको मोरङ प्रहरीले जानकारी दिएको छ । 

इक्राहीस्थित भित्री सडकमा गुडिरहेको ट्याक्टर आइतबार राति १०ः२० बजेतिर आफै अनियन्त्रित भई एक्कासी नहरमा खसेको थियो । 

दुर्घटनामा परी सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीका ५५ वर्षीय आशाराम चौधरी गम्भीर घाइते भएका थिए । 

उपचारका लागि कोसी अस्पताल लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोदारले जानकारी दिए । 
 





  • प्रकाशित मिति : मंसिर २९, २०७७ साेमबार १०:५४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया