सुनको मूल्यमा सामान्य गिरावट

नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । लगातार तीन दिनस्थिर रहेको सुनको मूल्य सोमबार प्रतितोला रू. १०० ले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला रू. ९२ हजार ४०० मा कारोबार भएको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजार ५०० मा कारोबार भएको थियो । आइतबारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला रू. १०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९१ हजार ९५० मा कारोबार भएको छ । आइतबार तेजाबी सुन प्रतितोला रू. ९२ हजार ०५० मा कारोबार भएको थियो । 

यस्तै, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोला रू. १ हजार २०० मा कारोबार भएको थियो । सोमबार पनि चाँदी रू. १ हजार २०० मा नै कारोबार भइरहेको छ ।





  • प्रकाशित मिति : मंसिर २९, २०७७ साेमबार १२:५९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया