३१ आइएसपीले सुरु गरे टोल फ्री नम्बर

टोल फ्री नम्बर सञ्चालन गर्ने इन्टरनेट सेवा प्रदायक (आइएसपी)को संख्या ३१ पुगेको छ । उपभोक्ताले कम्पनीमा फोन गर्दा अतिरिक्त शुल्क तिर्नुपरेको गुनासो नेपाल दूरसञ्चार प्राधिकरणले सबै आइएसपी सेवा प्रदायकलाई अनिवार्य रुपमा टोल फ्री नम्बर सञ्चालन गर्न निर्देशन दिएको थियो ।

प्राधिकरणले गत असार दोस्रो साता आइएसपीले दिने सेवा सम्बन्धमा उपभोक्ताको गुनासो साथै आवश्यक सहयोग र मर्मत (सपोर्ट एण्ड मेन्टेनेन्स) का लागि टोल फ्री नम्बर सुरु गर्न निर्देशन दिएको हो ।

निर्देशनसँगै निःशुल्क नम्बर सञ्चालन गर्ने आइएसपीको संख्या बढ्दै गएको बताइएको छ । टोल फ्री नम्बर सुचारु गर्नेमा वर्ल्डलिंक, भायनेट, सुबिसु, क्लासिक टेक, मर्कन्टाइल र नेपाल टेलिकमलगायत ३१ वटा आइएसपी रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको निर्देशन पालना नगर्ने आइएसपीलाई दूरसञ्चार ऐन, २०५३ बमोजिम कारबाही गर्ने जनाएको छ । प्राधिकरणले मासिक रूपमा निकाल्ने पछिल्लो एमआइएस रिपोर्ट अनुसार हाल देशभर करिब ४० वटा आइएसपीले इन्टरनेट सेवा दिइरहेका छन् ।
 





  • प्रकाशित मिति : मंसिर २९, २०७७ साेमबार १३:४८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया