यो वर्षको एसइई कसले लिने ? अझै टुंगो लागेन
फाइल फोटो

कक्षा १० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा (एसइई) यस वर्ष कुन निकायले कसरी सञ्चालन गर्ने भन्नेबारे हालसम्म पनि निर्णय भएको छैन  । सरकारले यसबारेमा कस्तो निर्णय गर्छ भनेर प्रतीक्षा गरिरहेकाले राष्ट्रिय परीक्षा बोर्डले पनि परीक्षासम्बन्धी तयारी अगाडि बढाएको छैन ।

यस वर्षको एसइई बोर्ड, प्रदेश शिक्षा निर्देशनालय वा विद्यालयमध्ये कसले सञ्चालन गर्ने भन्ने छिनोफानो हुन सकेको छैन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत वर्ष नै तयार गरेको सङ्घीय शिक्षा ऐनको विधेयकमा एसइई प्रादेशिक स्तरमा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । कोभिड–१९ का कारण गत २०७६ सालको एसइईमा विद्यालयलाई नै विद्यार्थीको आन्तरिक मूल्यांकन गर्ने जिम्मा दिइएको थियो ।

मन्त्रालयले यसबीचमा शिक्षाविद् र प्रदेशका सचिवसँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा गतवर्ष जथाभावी अंक दिइएकाले विद्यालयलाई मूल्यांकनको जिम्मा दिन नमिल्ने, विद्यालयलाई नै जिम्मेवारी दिइसकेकाले अब यही विधिलाई निरन्तरता दिइनुपर्ने, कानुनतः माध्यमिक तहसम्मको जिम्मेवारी प्रदेश सरकारको हुने भएकाले सोही अनुरूप अगाडि बढ्नुपर्ने जस्ता मिश्रित सुझाव आएको बताइएको छ । 

गतवर्षसम्म असोज पहिलो साता कक्षा १० का विद्यार्थीलाई आवेदन फाराम भर्न लगाइन्थ्यो । यस पटक मङ्सिर अन्तिमसम्म पनि आवेदन फाराम खुला गरिएको छैन । 





  • प्रकाशित मिति : मंसिर २९, २०७७ साेमबार १७:३३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया