पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई भेडाको छाला ओढेको ब्वाँसोको संज्ञा दिएका छन् ।
सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल सडक आन्दोलनमा उत्रिएको सन्दर्भलाई लिएर टिप्पणी गर्दै बाबुरामले सरकारमाथि आक्रोश व्यक्त गरेका हुन् । उनले ओली सरकारलाई वाम खोल ओढेको दक्षिणपन्थी भनेका छन् ।
तीन वर्षे शासन नभएर कुशासनबाट जनता वाक्क भएको भन्दै उनले जनताको काँध चढेर चरम दक्षिणपन्थी र नरम दक्षिणपन्थी शिक्तिहरु अघि आउने खतरा बढेकोसमेत बताएका छन् ।
उनले चाँडै ओली सरकारको अग्रगामी विकल्प खोज्नुपर्नेमा जोड दिएका छन्।
‘नेकपा सरकार वाम खोल ओढेको दक्षिणपन्थी सरकार हो । यसको तीनबर्षे कुशासनबाट वाक्क भएका जनताको कॉध चढेर चरम दक्षिणपन्थी र नरम दक्षिणपन्थी शक्तिहरू अघि आउने खतरा बढ्दै छ है’, बाबुरामले ट्वीटरमा लेखेका छन् ‘भेडाको छाला ओढेको ब्वॉसोको विकल्प आफ्नै छालाररंग सहितको ब्वॉसो हुन सक्दैन।वेलैमा अग्रगामी विकल्प निर्माण गरौं !’
नेकपा सरकार वाम खोल ओढेको दक्षिणपन्थी सरकार हो! यसको तीनबर्षे कुशासनबाट वाक्क भएका जनताको काॅध चढेर चरम दक्षिणपन्थी र नरम दक्षिणपन्थी शक्तिहरू अघि आउने खतरा बढ्दै छ है!भेडाको छाला ओढेको ब्वाॅसोको विकल्प आफ्नै छाला/रंग सहितको ब्वाॅसो हुन सक्दैन।वेलैमा अग्रगामी विकल्प निर्माण गरौं!
— Baburam Bhattarai (@brb1954) December 14, 2020
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।