समृद्ध नेपाल निर्माणका लागि राजसंस्थाको वकालत गरेका हौं : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले समृद्ध र सबल नेपाल निर्माणका लागि हिन्दु राष्ट्र र राजसंस्थाको वकालत गरेको बताएका छन् । ​

पूर्वउपप्रधान मन्त्रीसमेत रहेका थापाले धर्म, संस्कृति, परम्परा र इतिहासको संरक्षण र सम्वद्र्धन गर्ने भएकाले राजसंस्थाको वकालत गरेको दाबी गरेका छन् । उनले कसले के भन्छ भन्ने चिन्ता राप्रपालाई नभएकोसमेत प्रष्ट पारेका छन् । 

उनले इतिहासको संरक्षण गर्दै प्रजातन्त्र र उदार अर्थतन्त्रको धरातलमा सबल नेपाल निर्माणका लागि राजसंस्था आवश्यक भएकोमा जोड दिएका छन् । 

‘धर्म संस्कृति,परम्परा,इतिहासको संरक्षणरसम्बर्द्धन गर्दै प्रजातन्त्र र उदार अर्थतन्त्रको धरातलमा समृद्ध र सबल नेपालको निर्माण गर्नुपर्छ भन्ने सम्वर्द्धनवादी सिद्धान्तमा बिश्वास गर्ने भएकोले हामीले हिन्दुराष्ट्र र राजसंस्थाको वकालत गरेका हौँ’, थापाले ट्विटरमा लेखेका छन्, ‘कसले के भन्छ भन्ने हामीलाई चिन्ता हुँदैन ।’ 





  • प्रकाशित मिति : मंसिर ३०, २०७७ मंगलबार ७:३३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया