मध्यपश्चिम विश्वविद्यालयको सिनेट काठमाडौँमा, नेविसंघद्वारा विरोध

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको १० औँ सिनेट बैठक काठमाडौँमा मंगलबार बस्दै छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओली सुर्खेत आउन नसक्ने भएपछि सिनेट काठमाडौँमा बस्न लागेको हो ।

विश्वविद्यालय सुर्खेतमा रहेको तर सिनेट काठमाडौँ गर्न लागेको प्रति नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विरोध जनाएको छ । संघीयता लागू भइसकेको अवस्थामा पनि संघीयता र संविधानको मर्मविपरीत प्रधानमन्त्रीको चाकडी र गुलामी गर्ने नियतले काठमाडौँमा गर्न लागेको भन्दै विरोध जनाइएको हो । 

नेविसंघले सोमबार एक विज्ञप्ति जारी गर्दै विरोध जनाएको हो । नेविसंघ मध्यपश्चिमाञ्चल विश्वविद्यालयका संयोजक अनिलबहादुर शाहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा विश्वविद्यालयका उपकुलपतिबाट भाषणमा विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउँछु भन्ने तर व्यवहारमा आफैंले विश्वविद्यालयलाई राजनीतिक चंगुलमा फसाउने काम गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताइएको छ । बालुवाटारमा हुने सिनेटलाई तत्काल खारेज गरी कर्णाली प्रदेशमै गर्ने व्यवस्था मिलाउनुपर्ने माग गरिएको छ ।

सिनेटमा मुडभेडको मानसिकताबाट प्रस्ताव भएको सुरक्षा इकाइ गठन, केही व्यक्तिको स्वार्थका लागि प्राध्यापकको सेवा प्रवेश उमेर ५० वर्ष पु¥याउने जस्ता कुरा खारेज गर्न माग गरिएको छ । यसअघि गत वर्ष विश्वविद्यालयको ९ औँ सिनेट बैठक पनि काठमाडौँमा भएको थियो । विद्यार्थी संगठनहरुले सिनेट बैठक सुर्खेतमा नै हुनुपर्ने भन्दै विरोध जनाएका थिए ।





  • प्रकाशित मिति : मंसिर ३०, २०७७ मंगलबार १२:४८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया