देउवा संवैधानिक परिषदको बैठकमा नजाने

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज साँझको संवैधानिक परिषदको बैठकमा नजाने भएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले ल्याएको अध्यादेश विवादित भएपछि कांग्रेस सभापति देउवाले बैठकमा नजाने मानसिकता बनाएका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमतका आधारमा पनि नियुक्ति गर्न सक्ने व्यवस्थाका लागि मन्त्रिपरिषदमार्फत राष्ट्रपतिकहाँ सिफारिस अध्यादेश सिफारिस गरेका थिए । सो कदमपछि पार्टीभित्र र बाहिर पनि उनको चर्का आलोचना भइरहेको छ ।  
 
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीभित्र सल्लाह गरेपछि देउवाले बैठकमा नजाने निर्णय लिएको बताएका छन् । देउवानिकट केन्द्रीय सदस्य रमेश लेखकले पनि आजको बैठकमा सभापति नजाने जानकारी दिए ।





  • प्रकाशित मिति : मंसिर ३०, २०७७ मंगलबार १६:२८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया