बुधबार १ बजे कांग्रेस पदाधिकारी बैठक

नेपाली कांग्रेसले बुधबारका लागि पदाधिकारी बैठक बोलाएको छ । पदाधिकारी बैठकमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी सबैलाई आमन्त्रण गरिएको छ ।

राष्ट्रपतिबाट जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलगायत उत्पन्न परिस्थितिबारे छलफल गर्न कांग्रेसले भोलि १ बजेका लागि बैठक बोलाएको हो । 

प्रधानमन्त्रीको इच्छाअनुसार राष्ट्रपति चलेको र यसको विरोधबारे गर्न छलफलका लागि बैठक राखिएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । पार्टीभित्र साझा धारणा बनाउने उद्देश्यले पदाधिकारीको बैठक गर्न लागिएको उनले बताए । 





  • प्रकाशित मिति : मंसिर ३०, २०७७ मंगलबार १७:५५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया