छापामार शैलीमा ल्याएको अध्यादेशले देश र लोकतन्त्रलाई ठूलो क्षतिः प्रदीप पौडेल

नेपाली कांग्रेसका प्रभावशाली युवानेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् छलेर अध्यादेश जारी गर्दैमा उनी प्रधानमन्त्रीमा रहिरहनुको औचित्य पुष्टि नहुने बताएका छन् । 

मंगलबार साँझ ट्विट गर्दै पौडेलले पार्टीभित्र अल्पमतमा परेपछि र लोकतन्त्रका न्यूनतम मर्यादा नाघेपछि ओलीको शासन गर्ने वैधता समाप्त भैसकेको बताएका हुन् । 

वैधता समाप्त भइसकेको अवस्थामा फेरि संसद छल्ने तर अध्यादेश जारी गर्दैमा ओली पदमा रहनुको औचित्य बच्न नसक्ने उनले बताए । 

आधा कार्यकाल काण्डैकाण्डले बितेको र अहिले छापामार शैलीमा ल्याएको अध्यादेशले देश र लोकतन्त्रलाई ठूलो क्षति पुग्ने पौडेलको दाबी छ । 





  • प्रकाशित मिति : मंसिर ३०, २०७७ मंगलबार २१:८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया