प्रमुख सचेतकबाट देव गुरुङलाई हटाउने ओलीको तयारी

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाउने भएका छन् । 

स्रोतका अनुसार ओलीले केही दिनअघि गुरुङलाई बालुवाटारमा बोलाएर आफ्नै पार्टी र आफ्नै अध्यक्षविरुद्ध बोल्दै हिँडेको आरोपसमेत लगाएका थिए । उनले त्यति बेला नै प्रमुख सचेतकबाट राजीनामा दिन पनि गुरुङलाई आग्रह गरेका छन् । 

ओलीले प्रमुख सचेतकबाट गुरुङलाई हटाएर पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीलाई नेकपाको प्रमुख सचेतक बनाउने तयारी गरेका हुन् ।





  • प्रकाशित मिति : मंसिर ३०, २०७७ मंगलबार २३:१९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया