के छलफल भयो ओली–प्रचण्ड वान टु वान वार्तामा ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता सकिएको छ । नेकपाको स्थायी कमिटी अगाडि भएको यी दुई अध्यक्षको वार्तालाई निकै महत्वका साथ हेरिएको छ । 

यो महत्वका साथ किन पनि हेरिएको हो भने नेकपामा यी दुई अध्यक्षबीच पछिल्लो समय सम्बन्ध सुमधुर छैन । झन्, मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएपछि यो विवाद बढेको छ ।

विवाद बढेसँगै ओली र प्रचण्डबीच आज बालुवाटारमा भएको वार्तालाई महत्वका साथ हेरिएको हो । आजको वार्तामा ओली र प्रचण्डबीच पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा चर्चा चलेको हो । 

तर, उनीहरुबीच कुनै सहमति हुन सकेन । 

आजको वार्तामा पनि यी दुई अध्यक्षले एकअर्कालाई पार्टी फुटाउन उद्दत रहेको आरोप लगाएका छन् । आजको वार्तामा ओलीले २८ कार्तिकको सचिवालय बैैठकमा प्रचण्डले राखेको प्रतिवेदन फिर्ता लिए मंगलाबार आफूले ल्याएको अध्यादेश फिर्ता लिने बताएका छन् । उनले प्रचण्डलाई आजको स्थायी कमिटी बैठक पनि स्थगित गर्न अनुरोध गरेको स्रोत बताउँछ । तर, प्रचण्डले ओलीको यो प्रस्तावलाई अस्वीकार गरेका छन् । 

त्यसो त यसअघि यस्तै प्रस्ताव लिएर ओलीका विशेष दूत बनेर लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए ।





  • प्रकाशित मिति : पुस १, २०७७ बुधबार १३:३५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया