विष्णु पौडेल पनि ओली–प्रचण्ड भेटमा सहभागी

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा अहिले देखिएको विवाद थप उत्कर्षमा पुग्ने भएको छ ।

आज विहान बालुवाटारमा भएको नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कुनै पनि सहमति हुन सकेको थिएन । लगत्तै बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक पनि सुरु हुन सकेको छैन । 

उता, नेकपाका दुई नेता पम्फा भुसाल र भीम रावल संसदको विशेष अधिवेशन बोलाउन अनुरोध गर्दै शितल निवासमा राष्ट्रपति भण्डारीलाई भेट्न पुगेका छन् । उनीहरु शितलनिवासमा पुगेपछि प्रधानमन्त्रीसमेत रहेका ओलीले प्रचण्डलाई फेरि छलफलका लागि बालुवाटारमा रहेको प्रधानमन्त्री निवास बोलाएका छन् ।

बालुवाटारमा नेकपाका यी दुई अध्यक्षको यो छलफलमा नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी भएका छन् । स्रोतका अनुसार पौडेलले दुई अध्यक्षबीच समझदारी बढाउन आग्रह गरेका छन् । 

तर, यो छलफल पनि सहमतिमा पुग्ने कुनै निश्चितता छैन । त्यसैले अब नेकपामा थप के हुने हो भन्ने अन्योल बढेको छ । उता, बालुवाटारमा नै गर्ने भनिएको आजको स्थायी कमिटी बैठक पनि के हुने भन्ने अन्योल बढेको छ ।





  • प्रकाशित मिति : पुस १, २०७७ बुधबार १५:३८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया