स्थायी कमिटी बैठकमा ओलीले भने– संवैधानिक निकायमा कुनै नियुक्ति भएको छैन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक निकायमा कुनै नाम सिफारिस नभएको बताएका छन् । 

यसअघि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर मंगलबार साँझ प्रधानमन्त्री ओलीले बालुवाटारमा बैठक राखेका थिए ।  बैठकले केही संवैधानिक पदमा रिक्त स्थानमा कुनै नाम सिफारिस भएको हुनसक्ने अनुमान निकै गरिएको थियो । 

तर, आज बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले हिजोको बैठकमा कुनै नाम सिफारिस नभएको जानकारी दिएका हुन् । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार ओलीले हिजो छलफल मात्र भएको जानकारी स्थायी कमिटी बैठकमा दिएका हुन् ।

पार्टी अध्यक्ष प्रधानमन्त्री ओली मंगलबार जारी अध्यादेश फिर्ता लिन तयार भएको जानकारी बैठकमा दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । साथै प्रचण्ड–नेपाल समूहले संसदको विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति समक्ष बुझाउन तयार पारेको सांसदको हस्ताक्षरसहितको निवेदन फिर्ता गर्ने भएको छ । 

बैठकमा उपस्थित हुन अस्वीकार गरिरहेका ओली प्रचण्डसँगको दुई चरणको वान टु वान संवादपछि आजको स्थायी समिति बैठकमा सहभागी हुन राजी भएका थिए ।

अब स्थायी समितिको अर्काे बैठक ५ गते बस्ने र ५ गतेका लागि तोकिएको  केन्द्रीय समिति बैठक १० गतेका लागि सारिएको श्रेष्ठले जानकारी दिए ।  





  • प्रकाशित मिति : पुस १, २०७७ बुधबार १८:३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया