यसपटककाे इक्यान शैक्षिक मेला अनलाइनमार्फत गरिने

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले यसपटकको बृहत् शैक्षिक मेला अनलाइनमार्फत आयोजना गर्ने भएको छ । इक्यानकाअनुसार १४औं बृहत् शैक्षिक मेला आगामी माघ २ गतेदेखि ५ गतेसम्म अनलाइनमार्फत सञ्चालन हुनेछ । 

इक्यानले कोरोना महामारीका कारण समयमा आयोजना हुन नसकेको मेला भौतिक रुपमा उपस्थित हुने अवस्था नभएकाले अनलाइनमार्फत गरेर भए पनि विद्यार्थी, अभिभावकलगायतलाई जानकारी दिने उद्देश्य लिएको छ । 

कोरोनाभाइरसको महामारीका कारण भौतिक रुपमा उपस्थित हुने अवस्था नरहेकाले अनलाइन मार्फत बृहत शैक्षिक मेला आयोजना गरी सम्पूर्ण जानकारी दिन लागिएको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए । 

अध्यक्ष पाण्डेका अनुसार अनलाइन मेलामा उच्चशिक्षाका लागि विदेश जान चाहने विद्यार्थी, उनीहरुका अभिभावक तथा सरोकारवालापक्षले सहभागी भई विभिन्न प्रकारका शैक्षिक जानकारी लिन र जिज्ञासा मेट्न सक्नेछन् ।  

अनलाइनमार्फत आयोजना हुने मेलामा विद्यार्थी तथा अभिभावकले विगतमा जस्तै विभिन्न देशमा रहेका विश्वविद्यालय, कलेज, अध्ययनका लागि लाग्ने शुल्क, भिसा प्रक्रिया, छात्रवृत्तिका बारेमा जानकारी लिनुका साथै त्यसका लागि लाग्ने आवश्यक प्रक्रियाबारे जानकारी लिन सक्ने इक्यानका महासचिव दीपकराज भुसालले जानकारी दिए । 

मेलामा एजुकेसनप्रोभाइडर र शैक्षिक मेलामा सहभागी परामर्श दातृ व्यवसायीबीच अन्तर्क्रिया कार्यक्रमसमेत आयोजना गरिनेछ । मेलामा विद्यार्थी तथा अभिभावक कसरी सहभागी हुने भन्ने विषयमा विस्तृत रुपमा क्रमशः जानकारी उपलब्ध गराइने इक्यान मेला विभाग प्रमुख वासुदेव दाहालले बताए । 



अनलाइन माध्यमबाट आयोजना हुने मेलाको व्यवस्थापन वनअप प्रालिले गर्ने भएको छ । अनलाइन शैक्षिक मेलामा १५० भन्दा बढी कम्पनीको सहभागिता रहने इक्यानले जानकारी दिएको छ ।



  • प्रकाशित मिति : पुस १, २०७७ बुधबार २०:५३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया