ओलीको प्रस्तावः अब वामदेव गौतमलाई प्रधानमन्त्री बनाऔँ

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पछिल्ला केही महिना यता जब विवाद बढ्दै जान्छ, नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग हुन थाल्छ । उनले कम्तिमा पनि एक पदबाट राजीनामा दिनु पर्ने माग उनकै पार्टीका नेताहरुले उठाउने गरेका छन् । 

अनि यसरी आफ्नो राजीनामाको माग गर्न थालिएपछि ओलीले नयाँ अस्त्र नेकपामा फाल्छन् । त्यो हो– नेकपा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने । 

बुधबारको स्थायी कमिटी बैैठकमा पनि ओलीले वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् । बैैठकमा सहभागी एक स्थायी कमिटी सदस्यका अनुसार ओलीले आफूले राजीनामा दिनै पर्ने भए अब वामदेव गौतमलाई प्रधानमन्त्री बनाउनु पर्ने प्रस्ताव अगाडि सारेका हुुन् । 

‘हाम्रो तहका सबैजना प्रधानमन्त्री भइसकेका छौँ,’ बैठकमा ओलीले भनेका कुरालाई ती सदस्यले उद्धृत गरे, ‘अब बनाउने नै हो भने उपाध्यक्षलाई प्रधानमन्त्री बनाऔँ ।’ ओलीले अहिलेको अवस्थामा पार्टी एकता जोगाउन महत्वपूर्ण भएको पनि बैठकमा भनेको ती नेताले बताएका छन् ।





  • प्रकाशित मिति : पुस २, २०७७ बिहीबार ७:२७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया