कोरोनाको सुरुवात कसरी भयो ? थाहा पाउन डब्लूएचओ जाँदै छ वुहान

विश्वभर अहिले पनि कोरोनाभाइरसका कारण ठूलो समस्या देखिइरहेको छ । गत वर्ष डिसेम्बरमा सबैभन्दा पहिले यो भाइरस मानिसमा चीनको वुहानमा देखिएको थियो । 

अब त्यही वुहानमा विश्व स्वास्थ्य संगठनको वैज्ञानिकको एक टिम जाने भएको छ । यो टिमको मुख्य उद्देश्य कोरोना कसरी सुरुवात भएको थियो भन्नेबारे जानकारी लिनु हो ।

तर, यसअघि चीनले स्वतन्त्र छानबिनका लागि अनुमति दिएको थिएन । एक महिना यता यस विषयमा डब्लूएचओ र चीनबीच बारम्बार यस विषयमा छलफल भएको बताइएको छ ।

अहिलेसम्म कोरोनाभाइरसको सुरुवात चीनको वुहानमा जनावरहरुको मासु पाइने एक बजारमा भएको विश्वास गरिन्छ । यही कारण अमेरिका र चीनबीच लामो समयदेखि विवाद पनि बढ्दै गएको छ ।

डब्लूएचओको यो टिम त्यहाँ पाँच साता रहने अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।





  • प्रकाशित मिति : पुस २, २०७७ बिहीबार ७:४७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया