त्रिवि आंशिक प्राध्यापक संघ आन्दोलनमा
फाइल तस्बिर

समान कामको समान पारिश्रमिक हुनुपर्ने माग राख्दै त्रिविका आंशिक प्राध्यापकहरू आन्दोलित भएका छन् ।

वर्षौंदेखि काम गरिरहेका आंशिक प्राध्यापकहरूको वौद्धिक शोषण भएको भन्दै प्राध्यापकहरू आन्दोलित भएका हुन् । एक शैक्षिक सत्र पूरा गरेका सम्पूर्ण आंशिक प्राध्यापकहरूलाई करार गर्नुपर्ने उनीहरुको माग छ । आंशिक प्राध्यापक संघका संरक्षक शशिकुमार शर्माले १५ वर्षबाट आन्दोलन जारी रहेको उल्लेख गर्दै सम्झौताहरु भए पनि कार्यान्वयन नभएको बताए । आफ्ना मागहरु पूरा नभएसम्म आन्दोलन जारी रहने उनको भनाइ छ ।

संघका प्रवक्ता मोहन घिमिरेले देशभरिका क्याम्पसका प्राध्यापकहरूसँग सम्झौता भए पनि कार्यान्वयन नगर्ने प्रवृत्ति देखिएकाले धर्नामा बस्नु परेको उनले बताए  । 

वार्ता टोलीका सदस्य एवं संघका महासचिव राजेन्द्र गिरीले लामो समयदेखि प्राध्यापकहरू आन्दोलनरत भए पनि समस्या समाधानका लागि त्रिविले चासो नदिएको बताए । अहिले ९० प्रतिशत बढी कक्षाभार आंशिक शिक्षकहरुले लिनुपर्ने बाध्यता भए पनि काम अनुसारको पारिश्रमिक नभएको बताए ।

प्राध्यापक संघले विश्वविद्यालयले ल्याएको निर्देशिका खारेज गर्नुपर्ने, प्राज्ञिक उन्नयनको ग्यारेन्टी गर्नुपर्ने लगायतका मागहरु पनि राखेको छ । प्राध्यापकहरू आजबाट त्रिवि परिसरमा धर्नामा बसेका हुन् ।





  • प्रकाशित मिति : पुस २, २०७७ बिहीबार १४:२९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया