खुल्यो तालवाराही मन्दिर

कोरोनाका कारण लामो समयदेखि बन्द रहेको फेवातालको बीचमा रहेको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल वाराही मन्दिर खुला गरिएको छ ।

कोभिड– १९ का कारण गत चैतदेखि बन्द रहेको मन्दिर स्वास्थ्य सतर्कतासहित सर्वसाधारणका लागि बिहीबारदेखि खुला गरिएको हो ।

मन्दिर प्रवेशका लागि भौतिक दूरी कायम गर्दै एउटा मात्र डुंगाको प्रयोग गरिने र स्यानिटाइजरको व्यवस्था गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

मन्दिर खुलेसँगै व्यवसाय सञ्चालन हुने भन्दै डुंगा चालकसमेत खुसी भएका छन् । 





  • प्रकाशित मिति : पुस २, २०७७ बिहीबार १७:३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया