सञ्चालनमा आए विराटनगर महानगरका विद्यालय

कोरोना महामारीका कारण विगत नौ महिनादेखि बन्द रहेका विराटनगर महानगरपालिकाका विद्यालय आजदेखि सञ्चालनमा आएका छन् । 

विराटनगर महानगरपालिकाले गत मङसिर २१ गते गरेको निर्णयअनुसार विद्यालय सञ्चालनमा आएका हुन् । महानगरले सङ्क्रमणको जोखिम, विद्यार्थी सङ्ख्या तथा उपलब्ध भौतिक पूर्वाधारअनुसार विद्याललय सञ्चालन गर्न सातबुँदे विकल्प दिएको थियो ।

सबै कक्षा र विद्यार्थीलाई एकै समयमा कक्षा सञ्चालन गर्ने, अलगअलग समयमा अलगअलग कक्षा वा तह सञ्चालन गर्ने, कक्षालाई पहिले र दोस्रो कक्षापछि सुरु गर्ने, कक्षा सञ्चालनको घण्टी छोट्याउने, पालैपालो कक्षा सञ्चालन गर्ने, कक्षाका केही विद्यार्थी कुनै दिन वा सिफ्ट र बाँकी विद्यार्थीलाई अर्को दिन वा सिफ्टमा सञ्चालन गर्नेगरी पालैपालो कक्षा सञ्चालन गर्ने र सातामा केही दिन मात्र कक्षा सञ्चालन गर्नेलगायत कार्यविधि बनाइएको नगर शिक्षा अधिकारी दुर्गा खतिवडाले जानकारी दिए । 

विद्यालय स्वास्थ्य सुरक्षा मापदण्डअनुसार सञ्चालन गर्नुपर्नेछ । मोरङमा रहेका १७ स्थानीय तहमध्ये विराटनगर बाहेकका अन्य स्थानमा भने विद्यालय सञ्चालन भइसकेका छन् ।





  • प्रकाशित मिति : पुस २, २०७७ बिहीबार १७:५९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया