मलपोत अधिकृतसहित चारजनाविरुद्ध मुद्दा दर्ता
फाइल तस्बिर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तुलसीपुर मालपोत कार्यालयका प्रमुखसहित चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार मालपोत कार्यालय, तुलसीपुर दाङका कार्यालय प्रमुख मालपोत अधिकृत नरेश कुमार खड्कासहित ४ जना उपर जनही बिगो ३ लाख २० हजार घुस लिई भ्रष्टाचार गरेको सम्बन्धी विशेष अदालत काठमाडौंमा बिहीबार आरोपपत्र दायर गरिएको छ ।

मालपोत कार्यालय तुलसीपुरका नासु पुष्पराज गिरी र कार्यालय सहयोगी मीनराज गैरेले सेवाग्राहीले सुकुम्बासीको हैसियतले प्राप्त गरेको जग्गाको श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराई दिने प्रयोजनका लागि घुस मागेको भन्ने गोप्य सूचनाका आधारमा गएको मंसिर ५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले गिरी र गैरेलाई सेवाग्राहीबाट ३ लाख २० हजार घुस रकमसहित कार्यालयबाटै पक्राउ गरेको थियो ।

त्यसपछि आयोगद्वारा अनुसन्धानका क्रममा कार्यालय प्रमुख, मुद्दा फाँटका नासु केशवराज अधिकारी, मोठफाँटका नासु पुष्पराज गिरी र कार्यालय सहयोगी मीनराज गैरेको मिलेमतो भएको पाइएपछि आरोपपत्र दायर भएको प्रवक्ता अधिकारीले जानकारी दिए । प्रमाण उपलब्ध गराउने काम अगाडि बढेकोमा अन्त्यमा गरिने स्थलगत सर्जमिन गर्ने काम अड्काई सेवाग्राहीको नियमानुसार नि:शुल्क गर्नुपर्ने कामका लागि दुःख तथा हैरानी दिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।





  • प्रकाशित मिति : पुस २, २०७७ बिहीबार १८:५८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया