कांग्रेस नेता विश्वकर्माको स्वास्थ्यमा क्रमिक सुधार
फाइल तस्बिर

कोरोनाबाट सङ्क्रमित भई उपचाररत नेपाली कांग्रेसका नेता एवं सङ्घीय सांसद मीनबहादुर विश्वकर्माको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । उनले बिहीबार विज्ञप्ति जारी गर्दै  ३६ दिनको अस्पताल बसाइ र १६ दिनको घर बसाइपछि स्वास्थ्य अवस्थामा क्रमिक सुधार आए पनि अझै लगातार बोल्न र हिँड्न कठिन रहेको जानकारी गराएका छन् । 

कोरोनाबाट सङ्क्रमित भई स्वास्थ्यमा समस्या आएपछि उनी गत कात्तिक ९ गते वीर अस्पताल र ११ गते स्वास्थ्य अवस्था झन् जटिल भएपछि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका थिए । नेता विश्वकर्माले आफ्नो स्वास्थ्य उपचारमा संलग्न, सहयोग र चिन्ता व्यक्त गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी, कांग्रेसका नेता कार्यकर्ता, मन्त्री, विभिन्न दलका नेतालगायत शुभेच्छुक सबैमा आभार व्यक्त गरेका छन् ।





  • प्रकाशित मिति : पुस २, २०७७ बिहीबार १९:२५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया