चन्द्रमाको चट्टान र धुलो लिएर पृथ्वी फर्कियो चीनको यान

चीनको एक मानवरहित अन्तरिक्ष यान चन्द्रमाबाट चट्टान र धुलो लिएर  बिहीबार पृथ्वीमा फर्किएको छ । योसँगै चन्द्रमाबाट माटो र ढुंगा ल्याउने अभियानमा चीनले सफलता प्राप्त गरेको छ ।

यी नमुनाहरूले चन्द्रमाको उत्पत्ति र ज्वालामुखी क्रियाकलापमा अन्तरदृष्टि प्रदान गर्ने बताइएको छ । यद्यपि त्यस मिसनले चीनको प्राविधिक प्रगतिलाई कसरी प्रदर्शन गर्‍यो भन्ने कुरामा थप तत्काल ध्यान केन्द्रित गरिएको वैज्ञानिकहरूले जनाएका छन्  । 

चीनको चाङ्ग–अ फाइभ अभियान अन्तर्गत अन्तरिक्ष यान आज भित्री मङ्गोलिया क्षेत्रमा अवतरण गरेको  जनाएको छ । अन्तरिक्ष यान हिउँले ढाकेको घाँसे मैदानमा अवतरण गरेको थियो । सन् १९७० को दशकयताकै चन्द्रमा पुगेर फर्किएको यो पहिलो सफल चन्द्र अभियान बनेको छ ।

यसअघि यस्तो सफलता ४४ वर्ष अगाडि प्राप्त भएको थियो । जतिबेला सोभियत लुना ट्वेन्टी फोर अभियानले करिब दुई सय ग्राम सामान पृथ्वी ल्याएको थियो । अहिले ल्याइएका नयाँ नमुनाले पृथ्वीको उपग्रह र चन्द्रमाको भूगर्भबारे ताजा जानकारीहरू प्रदान गर्ने बताइएको छ  ।

चीनले लामो समयदेखि यसका लागि तयारी गरिरहेको एस्ट्रोफिजिक्स अनुसन्धानकर्ता हार्वर्ड स्मिथसोनियन सेन्टर जोनाथन म्याकडोवेलले एजेन्सीलाई बताएका छन् ।





  • प्रकाशित मिति : पुस २, २०७७ बिहीबार १९:३६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया