एसियामा कोरोनाविरुद्धको खोप आउन एक वर्ष कुर्नुपर्ने : विश्व स्वास्थ्य संगठन

नेपाललगायत एसियाली मुलुकले कोरोनाविरुद्धको खोपको प्रतीक्षा गरिरहेका वेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) निराश पार्ने गरी खबर दिएको छ । संगठनले एसिया प्रशान्त क्षेत्रमा कोरोनाविरुद्धको खोप आउन झण्डै एक वर्षसम्म कुर्नुपर्ने जनाएको हो । 

खोपको विकास र प्रभावकारिताको अवस्था अझै पनि परीक्षणकै क्रममा रहेको जनाउँदै बिहीबार संगठनले यस क्षेत्रमा तत्काल खोप पाउने सम्भावना कम रहेको र बताएको हो ।

डब्लुएचओका क्षेत्रीय निर्देशक डा. ताकेसी कासाइले इन्डोनेसियाको राजधानी जाकार्तामा पत्रकारहरुसँग कुराकानी गर्दै यस क्षेत्रमा खोप आउन ६ महिनादेखि एक वर्षसम्म लाग्न सक्ने बताएका हुन् ।





  • प्रकाशित मिति : पुस २, २०७७ बिहीबार २०:४५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया