संक्रमण जोखिम कायमै रहेकाले तत्काल विद्यालय सञ्चालन नगरौँ : महानगर

कोभिड–१९ महामारीको जोखिम अझै कायम रहेकाले तत्काल विद्यालय पुनः सञ्चालन नगर्न कामपाले विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरेको छ । केही दिनअघि विज्ञसँगको छलफलमा कामपाले कम्तीमा पनि यही पुस एक महिना विद्यालय नखोल्न र वैकल्पिक अध्ययन अध्यापनको माध्यमलाई निरन्तरता दिन भनेको हो । 

काठमाडौँ उपत्यकामा भाइरसको संक्रमण कुन अवस्थामा छ, यकिन छैन अहिले जाडो मौसम छ सामान्य अवस्थामा अहिले विद्यालय बन्द नै रहन्थे । यो मौसम भाइरस फैलिन उपयुक्त भएकाले पनि विद्यालय खोल्न हत्तारिनु नहुने विज्ञले सुझाव दिए ।

पछिल्लो समय पाँच हजारको परीक्षण गर्दा कम्तीमा पनि एक हजारमा भाइरस पोजेटिभ देखिएको भन्दै कामपाले तत्काल भौतिक सहभागितामा विद्यालय पुनःसञ्चालन नगरी वैकल्पिक माध्यमलाई नै निरन्तरता दिन सुझाएको हो । 

महामारी नियन्त्रण आइनसकेको अवस्थामा विद्यालयको शैक्षिक गतिविधि अगाडि बढाउन गत कात्तिक २० गते मन्त्रिस्तरीय निर्णयले विद्यालय सञ्चालन कार्यढाँचा २०७७ स्वीकृत गरी स्थानीय तहलाई जिम्मा दिएको थियो ।

यही निर्णयलाई आधार मान्दै सञ्चालनमा आएका केही विद्यालय पनि संक्रमण देखिएपछि पुनः बन्द रहेको भन्दै कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालले अहिले कोभिडको डर कम भए पनि संक्रमणको खतरा कम नभएको बताए । 

काठमाडौँ र ललितपुर र भक्तपुरका केही स्थानमा घनाबस्ती भएकाले जोखिम पनि बढी नै छ । यहाँ संक्रमण हरेक दिन देखिएकै छ, विद्यालय सञ्चालन गरेपछि छात्राबास खोल्ने कुरा आउँछ । विद्यालयका सवारी चलाउने कुरा आउँछ । 
 





  • प्रकाशित मिति : पुस ३, २०७७ शुक्रबार १७:२६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया