कांग्रेस-राजपा सहमतिः संसदमा विपक्षी दलबीच सहकार्य गरेर अघि बढ्ने

कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका जसपाका नेता र देउवाबीच दुईबुँदे समझदारी भएको छ । पहिलो बुँदामा तत्काल संसद बैठक बोलाउन माग गर्ने सहमति भएको छ । त्यस्तै, संसदका विपक्षी दलबीच सहकार्य गरेर अगाडि बढ्ने सहमति दोस्रो बुँदामा छ । 

कांग्रेसले बोलाएर नै जसपाका नेताहरु देउवानिवास गएको दाबी गर्दै कांग्रेसले संसदको आसन्न अधिवेशनमा विपक्षीको भूमिका प्रभावकारी बनाउन समन्वय गरेर अघि बढ्ने सहमति भएको जनाएको छ । 

सरकारले कोरोना महामारी नियन्त्रणमा देखाएको गैरजिम्मेवारी र अन्य अलोकतान्त्रिक गतिविधिबारे पनि छलफल भएको बताइएको छ । 

आजको छलफलमा कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्यहरु डा. मीनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए । त्यसैगरी, जसपाबाट अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो सहभागी थिए ।





  • प्रकाशित मिति : पुस ४, २०७७ शनिबार १८:५७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया