प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल जारी छ ।
यसअघि आकस्मिक मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रनी ओलीले संसद विघटनको सिफारिस राष्ट्रपति समक्ष पठाएका छन् । उनले आजको आकस्मिक मन्त्रिपरिषद् बैठकमा पहिले नै संसद विघटनको प्रस्ताव राखेका थिए ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार बैठक सुरु भए लगत्तै यो प्रस्ताव राखिएको थियो ।
मन्त्रिपरिषद् बैठक चल्दा चल्दै प्रचण्ड बालुवाटार पुगेको उनीनिकट एक नेताले जानकारी दिएका छन् । आजै नेकपाको स्थायी कमिटी बैठक पनि बोलाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।