संसद् विघटनको प्रस्ताव राष्ट्रपतिले स्वीकार गर्न हुन्नः रामचन्द्र पौडेल

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको संसद विघटन प्रस्ताव अलोकतान्त्रिक तथा असंवैधानिक भएको बताएका छन् ।

फरकधारसँग संक्षिप्त कुराकानी गर्दै पौडेलले यो कदमलाई राष्ट्रपतिले स्वीकार गर्न नहुने बताएका छन् ।

आज विहान बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले यो सिफारिस गरेका थिए । 

अहिले उनी यो सिफारिस लिएर राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शितल निवास पुगेका छन् । 

‘संविधान र लोकतन्त्र विपरित यो कदमलाई राष्ट्रपतिले स्वीकार गर्न हुन्न,’ पौडेलले भने । 





  • प्रकाशित मिति : पुस ५, २०७७ आइतबार ११:३८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया