ओलीक्रेसीको प्रतिवाद गरौँः प्रदीप पौडेल

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गरेपछि यसको व्यापक आलोचना भएको छ । 

आइतबार बालुवाटारमा बसेको आकस्मिक बैठकमा प्रधानमन्त्री ओलीले संसद विघटनको प्रस्ताव गरेका थिए ।

उनी अहिले यो सिफारिस लिएर राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पुगेका छन् ।

ओलीको यो सिफारिसको नेकपाकै नेताहरुले पनि विरोध गरेका छन् । त्यस्तै प्रमुख प्रतिपक्षका नेताहरुले पनि यसको चर्को विरोध गरेका छन् । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले ओलीको यो कदमलाई जनताको अपमान भनेका छन् ।

‘जनमतको योभन्दा ठूलो अपमान हुन सक्दैन,’ उनले ट्विट गरेका छन्, ‘ओलीक्रेसीको प्रतिवाद गरौँ ।’

पौडेलले ओलीको प्रतिवाद गरेर मात्र देशलाई थप संकटमा जानबाट रोक्नु पर्ने सुझाएका छन् ।





  • प्रकाशित मिति : पुस ५, २०७७ आइतबार १२:४७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया